Fursad Times बिहिबार, आषाढ ३१, २०७८

भक्तपुर – यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ  प्रि – अलोटमेण्ट सम्पन्न भएको छ । विक्री प्रबन्धकको कार्यालयमा आज प्रिअ- लोटमेण्ट गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको कम्पनीले जानकारी गराएको छ । यदि बोर्डबाटअजै स्वीकृति पाएमा आजै साँझ बाँडफाँट गर्ने तयारी रहेको विक्री प्रबन्धकले जानकारी गराएको हो । कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा विक्री खुला गरेको थियो । जसमध्ये ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि, ३ लाख २२ हजार ५०० सामुहिक लगानी कोषको लागि छुट्याएको थियो भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । युनियन लाइफ इन्स्योरेन्सको आइपियोमा आवेदेनको रेकर्ड समेत ब्रेक भयो थियो । आईपीओमा २१ लाख ५० हजार ४७८ जना आवेदकबाट ३ करोड ४० लाख १० हजार ८९० कित्ताका लागि आवेदन परेको छ । यो माग गरिएभन्दा ५ दशमलव ८५ गुणा बढी आवेदन परेको हो ।

 

https://youtu.be/3wuwRdhcYFA