Fursad Times बुधबार, आषाढ ३०, २०७८

भक्तपुर – २०८औं भानु जयन्ती अवसरमा नेपाली साहित्य क्षेत्रमा योगदान दिनु भएका विभिन्न साहित्यकार हरुलाई सम्मान गरिएको छ । बुधबार भएको कार्यक्रममा सभापतित्व संस्थाका अध्यक्ष दधिराज सुवेदी र प्रमुख अतिथिमा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति यादव कोइराला हुनु हुन्थ्यो। विराटनगरमा प्रतिभा पुरस्कार प्रतिष्ठानले ५० हजार राशिको क्रमस प्रा डा. राजेन्द्र विमललाई राष्ट्रिय प्रतिभा पुरस्कार , प्राज्ञ लक्ष्मी उप्रेतीलाई ज्वालाप्रसाद पोखरेल राष्ट्रिय प्रतिभा पुरस्कार र पाणीनी संस्कृत विद्यालय (गुरुकुल) विराटनगरलाई लीलानाथ विश्वमञ्जरीबराल प्रतिभा पुरस्कार लगायतलाई पुरस्कृत गरियो।
‌यी प्रतिभा पुरस्कारहरू २०३९ सालदेखि विराटनगरबाट वितरण गर्न थालिएका हुन् । नीजि क्षेत्रबाट स्थापित यी पुरस्कारहरू राष्ट्रिय स्तरको अग्रणी पुरस्कार मानिन्छन् । प्रतिष्ठानले अहिलेसम्म करिब एक सय जना साहित्यकारहरूलाई पुरस्कृत गरिसकेको छ।