Fursad Times सोमबार, आषाढ २८, २०७८

भक्तपुर – आज बाँडफाँट हुने मनकामना स्मार्ट लघुवित्तको आईपीओ ३६ हजार ३४९ जनाले मात्र शेयर पाउने छन । विक्री प्रबन्धक एनएमबि क्यापिटलको नक्सालमा रहेको कार्यालयमा आज विहान ९ः३० बजे आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको हो ।

कम्पनीले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असार २५ गते प्रि–अलोटमेण्ट सम्पन्न गरेको थियो ।

सर्वसाधारणका लागि छुट्याईएको कुल रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषमा बाँडफाँट गरेको छ ।

कम्पनीले सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत आईपीओ विक्री गरेको हो । मागभन्दा करिब ७२ गुणा बढी आवेदन परेको कम्पनीको आईपीओ भाग्यमानी ३६ हजार ३४९ जनाले १० कित्ताका दरले हात पार्नेछन् भने बाँकी २ कित्ता यी आवेदकहरुमध्यबाट थप २ जनाले एक एक कित्ताका दरले पाउँनेछन् ।

https://youtu.be/gtk6DjUQuXk