Fursad Times शुक्रबार, आषाढ २५, २०७८

भक्तपुर  – शुक्रवार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको प्रीअलोटमेन्ट सम्पन्न भएको छ । निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडका अनुसार आईपीओको प्रीअलोटमेन्ट आज सम्पन्न भएको हो ।
मनकामना स्मार्ट लघुवित्तको आईपीओमा २० लाख १ हजार ९१९ जनाले २ अर्ब ६१ करोड ५५ लाख १ हजार रुपैयाँको २ करोड ६१ लाख ५५ हजार १० कित्ताको लागि आवेदन दिएका छन । करिब ३६ हजारको हातमा आइपियो पर्ने छ भने १९ लाख भन्दा बढिको हात खाली हुने छ । यस कम्पनीले अघिल्लो बिहीबारदेखि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ निष्काशन गरेको हो ।

शुक्रवार प्रि-अलटमेन्ट सम्पन्न भएसङ्गै एनएमबी क्यापिटलका अनुसार आईपीओ सोमबार बाँडफाँड हुँदैछ ।

https://youtu.be/ksGG-wZWcEQ