Fursad Times बिहिबार, आषाढ २४, २०७८

भक्तपुर । नेपाली चलचित्रकि अभिनेत्री तथा निर्मात्री जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन्। अनामनगरस्थित सनराइज सिटी अपार्टमेन्टमा विहीबार उनी मृत फेला परेकी हुन्। पछिल्लो समय उनी चलचित्र क्षेत्र छोडेर सन्यासी बनेर हिँडेकी थिइन्। कुँवर आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थाका फेला परेको प्रहरीले जनाएको छ।

उनले जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका फिल्ममा अभिनय गरेकी थिइन भने घायल नामक चलचित्र निर्माण समेत गरेकी थिइन । पछिल्लो समय उनी सन्यासी बने पछि उनी चर्चा सङ्गै विवादमा समेत मुछिएकी थिइन ।