Fursad Times बिहिबार, आषाढ २४, २०७८

भक्तपुर – तीन दिन अघि देखि कैलालीको टीकापुरमा हराएको साढे तीन वर्षीय बालक मृत अवस्थामा भेटिए पछि घटनामा प्रहरीले आश्चर्यजनक तथ्य सार्वजनिक गरेको छ । विहिवार पत्रकार सम्मेलन गरी प्रहरीले घटनामा संलग्न भएको अभियोगमा उनकै दिदी नाता पर्ने २ किशोरीलाई पक्राउ गरेको जानकारी दिएको हो । नाताले उनकै दिदी पर्ने १५ वर्षीया किशोरी र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नजिकैको आफन्तको घरमा गएका बालक अचानक हराएका थिए । उनी तिन दिन पछि नजिकैको नालामा मृ त फेला परेको हुन् ।
इलाका प्रहरी कार्यालय टीकापुरले पत्रकार सम्मेलन गर्दै उक्त घटनाको आरोपमा दुई किशोरीलाई पक्राउ गरिएको जानकारी दिइएको हो । साथै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने किशोरीले घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।
बालकले लगाएको बाला उनकै बालकको दिदी नाता पर्ने युवतीको साथीसंग फेला परेपछि उक्त घटनाको यस्तो रहस्य खुलेको हो भने आरोपित युवतीले बालकलाई कुलोमा धक्का दिएर खसाएको स्वीकार गर्नुको साथै पारिवारिक रिसिबीका कारण घटनाको योजना बनाएको पनि प्रहरीसंग वयानमा भनेकी छन् ।