Fursad Times सोमबार, आषाढ १४, २०७८

भक्तपुर । कोरोनाको महामारीको समयमा दैनिक ज्याला मज्दुरी गरेर काम खाने मजदुरहरुलाई निशुल्क खाना खुवाउँदै आएको “हाम्रो टिम नेपाल” का सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन भए सङ्गै उनीहरुले भोकाहरुलाई खाना खुवाउन प्रयोग गरेको काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै ठाउँ पनि खाली गराइएको छ ।
हाम्रो टिम नेपालले समस्यामा परेका जो कोहिलाई पनि सहयोग गर्दै आइ रहेको छ । सोमबार खाना खुवाउदै गर्दा
काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा खाली गराएको छ । सथै प्रहरीले सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै टिमका केहीलाई नियन्त्रणमा समेत लिएको छ। वडा कार्यालयले आफुहरुलाई अनुमति दिएका कारण आफुहरु त्यहाँ खाना बनाइरहेको बताएका छन् ।

प्रहरीले हाम्रो टिम नेपालका संयोजक विमल पन्तलगायत २३ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई नगर प्रहरी कार्यालयमा राखिएको परिसरले जनाएको छ।

https://youtu.be/1kzTfCewBvw