Fursad Times सोमबार, आषाढ ०७, २०७८

भक्तपुर – नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो म्युटेसन डेल्टा भेरियन्ट भन्दा तिब्र संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामा नयाँ म्युटेसन फेला परेको हो ।

हालसम्म प्राप्त जानकारी अनुसार यो म्युटेसन डेल्टा भेरियन्टभन्दा अझ संक्रामक छ र संक्रमितमा अझ गम्भीर असर देखिएको छ । तर यो म्युटेसनबारे धेरै विषय अध्ययन गर्न नै बाँकी छ ।

नेपालमा यसअघि डेल्टा, अल्फासहित काप्पा भेरियन्ट पनि भेटिएको थियो । तर काप्पा भेरियन्टले स्वास्थ्यमा गम्भीर असर नपार्ने भएकाले डब्ल्यूएचओले यसलाई भेरियन्ट अफ कन्सर्नको नाम दिइसकेको छैन ।