Fursad Times आइतबार, आषाढ ०६, २०७८

भक्तपुर  – प्युठान घर भै हाल चक्रपथमा डेरा गरि बस्दै आएका बिष्णु राणाको दुबै मृगौलाले काम गर्न छोडेको धेरै भयो । अहिले उपचार गर्न धेरै समस्या परेकाले सहयोगको लागि उनले अनुरोध गरेका छन । उपचारको लागि समस्या परेको खबर “राष्ट्रिय स्वयंसेवक नेपाल”लाई थाहा पाए पछि उनको उपचारको लागि “राष्ट्रिय स्वयंसेवक नेपाल”ले नगद रु.१०,००० सहयोग गरेको छ । उनि बिगत १ बर्ष देखि त्री.बि. अस्पतालमा मृगौलाको डाइलेसिस गराइ रहेका छन । आर्थिक अभावका कारण उनको उपचार गर्न कठिन बन्दै गएकाले सहयोगको लागि सबैमा अनिरोध गरेका छन ।

उनलाई सिधै सहयोग गर्न चाहानु हुनेले नेपाल बैंक लिमिटेडको उनकै नामको खाता न. २४५११३०६८८५४१७०००००१ मा सहयोग गर्न सक्नु हुनेछ भने “राष्ट्रिय स्वयंसेवक नेपाल” मार्फत सहयोग गर्न चाहानु हुन्छ भने RSN को esewa ID :  ९८०१०२२७६७ मार्फत सहयोग गर्न सक्नु हुनेछ ।