Fursad Times आइतबार, आषाढ ०६, २०७८

भक्तपुर । कोरोना भाइरसको दोस्रो लहर पपछि गरिएको निषेधाज्ञाको पछिल्लो पटक थप गरिएको समयावधि सकिन लागेपछि निषेधाज्ञाबारे थप निर्णय गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ।

आज अपरान्ह बस्ने बैठकमा अब निषेधाज्ञालाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने भएको हो । स्रोतका अनुसार जारी निषेधाज्ञालाई केही खुलुलो बनाएर फेरि ल एक हप्ता थप गर्ने तयारी भएको छ । अब निश्चित समय दिएर कपडा पसललगायत पनि खुल्न दिनेबारे छलफल भइरहेको छ।

पछिल्लो समय कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेधाज्ञा एक साता बढाउने तयारी छ । अबको निषेधाज्ञामा सवारी साधनना निजि सवारीसाधन जोर बिजोर कायम हुने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता विकल्प अगाडि सारेर छलफल गरिए पनि त्यसअनुसार निर्णय भइसकेको छैन।

सार्वजनिक सवारी साधन हकमा भने अवको थप निषेधाज्ञामा पनि चल्न पाउने छैनन्। किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्यासका पसल बिहान समय तोकेर खोल्न यस अघि दिइएको छ । यसै गरि सवारी साधन मर्मतका लागि वर्कशपहरु स्वास्थ्यका मापदण्ड अपनाएर खोल्न दिइएको छ।