Fursad Times आइतबार, आषाढ ०७, २०७७

भक्तपुर । आज थप ४२१ जनामा कोरोना संक्रमण पुष्टिसंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार त २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार अहिलेसम्म १,७७२ जना कोरोना निको भएर घर फर्किएका छन् । जसमा १४९ महिला र १,६२३ जना पुरुषले कोरोना संक्रमण जितेका हुन्।

हालसम्म ७,२३१ जना आइसोलेसनमा रहेका छन् भने, ९४,९२८ जना क्वारेन्टाइनमा रहेका छन्।