Fursad Times मंगलबार, जेठ २५, २०७८

भक्तपुर  । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत वैशाख १६ बाट जारी निषेधाज्ञाले सर्वसाधारणको दैनिकी र जनजीवनमा धेरै समस्या पर्न थाले पछि सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ ।

हालसम्म देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ भने बाँकी दुई जिल्ला । खोटाङ र मनाङमा भने निषेधाज्ञा छैन । यस्तै काठमाडौं,भक्तपुर र ललितपुरमा ३१ जेठसम्म निषेधाज्ञा तोकिएको छ । गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालका अनुसार अब निषेधाज्ञा शैलीमा केही परिवर्तन गरि दैनिक जनजीवन सहज बनानाइने छ ।

निषेधाज्ञाको मोडालिटीमा केहो परिवर्तन आए पनि पुर्ण रुपमा हटने भने छैन । मन्त्रालय प्रवक्ता जनकराज दाहालका अनुसार निर्माण कार्य, उत्पादनजन्य, कृषि कार्य खुला गर्ने सरकारको तयारी छ ।  तर, विद्यालय, कलेज, होटल व्यवसाय, पार्टी प्यालेस, सपिङ मलसहितका भीडभाड हुने क्षेत्रहरु भने तत्काल खुल्ने छैनन् । साथै सामूहिक उपस्थिति हुने तथा बढी भीडभाड हुने विवाह, व्रतबन्ध, सभा, गोष्ठी गर्न पनि अझै केही समय रोक लगाइनेछ । निजि सवारी साधन भने जोरबिजोर प्रणालीबाट सञ्चालन गर्ने सरकारको तयारी भए पनि सार्वजनिक यातायात भने बन्द नै गर्ने सरकारको योजना छ । राजधानी दैनिकबाटबाट

https://youtu.be/B2H3FUNvyB8