Fursad Times बुधबार, जेठ १९, २०७८

सर्लाही – स्थानीय जनताका अनुसार बालुवा–गिट्टी र बोल्डरको निकासीले वाग्मती नदिको तट फुटी स्थानीयलाई ठूलो असर पुर्याउने जिकिर गरेका छ्न । बाढी र पहिरो को भयावह बढेको छ ।
ढुङ्गा, बालुवा र बोल्डर ओसार पोसारले बरहथवा देखि हजरिया सम्मको पिच चर्केर हिडन पनि सकस परेको स्थानीय को भनाइ छ ।
आफ्नो क्षणिक लाभको लागि थुप्रै घर खेत नष्ट हुने काम ठेगदार हरुले गर्दै आएका छ्न ।
उक्त बोल्डर, गिट्टी र बालुवा कहाँ निकासी हुन्छ कसैलाई पनि जानकारी नभएको बताएको छ ।

चौतर्फी बिरोध भैं रहदा पनि नगरपालिकाले कुनै चासो नगरी मन लाग्दी खोला ठेक्का लगाएर भवितव्यंमा आइ पर्ने समस्यालाई ध्यानमा नराखी वाग्मती नदि उत्खनन गरेर खोलाको सतह गहिराई मा परिणित गरिदिएको छ ।

स्थानीय बाटोहरुमा गिट्टी समेत नहाली बाटो झन सांगुरिदै गएको र साइकल पनि चलाउन नमिल्ने बताएका छ्न ।

क्रसर उद्योग सञ्चालकले मनोमानी ढङ्गले नदीजन्य पदार्थको उत्खनन गर्ने क्रम दिन प्रतिदिन बढ्दै जाँदा वातावरण संरक्षणमा चुनौती थपिएको छ भने नदीजन्य विपद्का घटना समेत बढ्न गएको छ । सर्लाहीको वाग्मती नदिमा सञ्चालनमा रहेको कतिपय क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगले राजस्वसमेत नबुझाई खोला उत्खनन गर्ने गरेकाले राजस्व असुलीमा असर परेको छ ।

अहिले सम्बन्धित स्थानीय तहले नै खोला उत्खननको ठेक्का लगाउने गरिए पनि कतिपय नगरपालिकाले राजस्वसमेत नबुझी उत्खनन गर्ने जिम्मा ठेकेदारलाई दिने गरेको देखिएको छ । राजस्व नबुझी ठेकेदारलाई उत्खननका लागि खोला जिम्मा लगाउँदा बरहथवा नगरपालिकाका नदीहरुको प्राकृतिक बहाव खल्बलिनुको साथै अनेक वातावरणीय समस्या देखा परेको छ ।