Fursad Times बुधबार, जेठ १९, २०७८

दरवार हत्याकाण्ड अर्थात् तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंश नाश भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते नारायणहिटी राजदरवारभित्र राजा वीरेन्द्र सहित उनको सपरिवारको हत्या भएको थियो जुन घटना आज पनि रहस्यमय नै बनिरहेको छ । उक्त घटनाले नै गणतन्त्रको विउ उम्रेको भन्नेहरु पनि छन् भने कति हत्यारालाई पत्ता लगाई कानुनी कारबाही गर्नु पर्छ भन्ने पनि छ ।

जेठ १९ को घटेको त्यो कहालि लाग्दो घटनाले अहिले पनि जो कोहि नेपालीहरुको मन झस्काउने गर्छ। प्रत्येक शुक्रवार राजसंस्थाको पारिवारिक जमघट हुने गर्थ्यो । उक्त दिनको जमघटको बेला राजा वीरेन्द्र, रानी ऐश्र्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारीहरु शान्ति राज्यलक्ष्मी सिंह र शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाहसहित अन्य राजपरिवारका सदस्यहरुको त्यस दिन हत्या भएको थियो।

जनताका राजा भनेर चिनिले उदार,जनप्रिय र शान्ति प्रेमी वीरेन्द्र शाहको वंशनाश भएपछि नेपालमा राजसंस्था धेरै समय टिक्न सकेन। राजा वीरेन्द्रको मृत्यु भएपछि उनका माइला भाइ ज्ञानेन्द्र वीरविक्रम शाह राजा भए तर उनले राज संस्थालाई धेरै समय टिकाउन सकेनन र अन्त्यमा
७ राजनीतिक दलहरुको ०६२–०६३ को जनआन्दोलन चर्काए। र, सशस्त्र युद्ध गरेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि २०६५ जेठ १५ गते मुलुकमा राजतन्त्र समाप्ति र गणतन्त्रको घोषणा भयो। मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक,राजनीतिक व्यवस्थामा चलेपनि अहिले पनि राजा वीरेन्द्रलाई मनमा सजाउने धेरै नेपालीहरु छन्। राजालाई मनमा सजाएका नेपाली धेरै भएकाले जेठ १९ को कहालिलाग्दो दरबार हत्याको घटना अहिले पनि नेपालीको मनबाट मेटिन सकेको छैन।

उक्त हत्याकाण्ड पछि सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायधीश केशव प्रसाद उपाध्यायको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले एक प्रतिवेदन बुझाएको थियो जसमा युवराज दीपेन्द्रलाई दोषी ठहर गरेका थियो। युवराज दीपेन्द्रलाई दोषी देखाइए पनि धेरै नेपालीले उक्त कुरा पत्याउन सकेका छैनन् र घटनाको पूर्ण छानबिन पनि हुन सकेको छैन। त्यसैले यस घटनालाई अहिले पनि रहस्यमय हत्याकाण्ड नै मानिरहेका छन्।

तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले समेत उक्त घटना ग्राण्ड डिजाइन गरेर नै घटाइएको हो भनेका थिए तर त्यो घटना डिजाइन गर्ने डिजाइनर को हुन्? भन्ने कुरा रहस्यमै सीमित भएको छ। कतिले पुर्वराजा ज्ञानेन्द्र शाहले आफू राजा बन्नको लागि आफ्ना दाइको परिवार सखाप पारेका हुन भन्छ भने कतिले पुवराज पारस शाहाले  युवराज दीपेन्द्रको मुकुट लगाएर उक्त घटना घटाएका हुन भन्छ तर वास्तविकता भने अहिले सम्म बाहिर आउन सकेको छैन । जसरी मदन भन्डारीको दासढुङ्गा घटना रहस्यमय बनेको छ त्यसै गरि राजा बिरेन्द्रको घटना पनि २० बर्ष देखि रहस्यमय नै बनी रहेको छ । आखिर सत्यता के हो ? किन दरवार हत्याकाण्ड बाहिर आउन  सकिरहेको छैन ?

https://youtu.be/u3JlSAfy2Io