Fursad Times बुधबार, जेठ १९, २०७८

भक्तपुर । कोरोना भाइरसको संक्रम बढी रहेकोको बेला उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले बैठक बसेर फेरि उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेका छन् । मंगलवार नै ड्राफ्ट गरिएको भएता पनि बुधवार बसेको बैठकले औपचारीक रुपमा निर्णय दिएको हो । निर्णय अनुसार अब जेठ महिना भरी नै निषेधाज्ञा रहने छ ।
उपत्यकाका तीन जिल्लाहरु काठमाडौ,भक्तपुर,ललितपुर मा वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । तर यस पटक थपिएको निषेधाज्ञामा भने केही परिवर्तन गरिएको छ । जेठ १४ मा थपिएको निषेधाज्ञामा उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना,
फलफूल र पुस्तक पसलहरु बिहान ९ बजेसम्म डिपार्टमेन्ट स्टोरहरु स्वास्थ मापदन्ड पालना गरि बिहान ९ बजेसम्म संचालन गर्न दिने निर्णय गरिएको छ।

विकास निर्माणको कामलाई मजदूरलाई सम्बन्धि ठाउँमा नै राखेर दिउँसोमा गर्न पाइनेछ भने यातायातमा पुरानै नियम कायम रहनेछ । निजी संघ–संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय–पत्र चाहिने छ। त्यस्तै व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

https://youtu.be/LIZbcyDmSYk