Fursad Times बुधबार, जेठ १९, २०७८

भक्तपुर – कोरोना सङ्क्रमको दोस्रो लहरको जोखिम तथा नियन्त्रणका लागि भन्दै सरकाले जारी रहेको निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरी दैनिक छाक टार्नै मुस्किल भएको छ। नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सङक्रमणका कारण एक महिना देखि सरकारले जारी गरेको निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने गरीब मजदुरका लागि समस्या भएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले जारी निषेधाज्ञा लम्बिँदै जाँदा दैनिक ज्यालामा मजदुरी गर्ने तथा विपन्न परिवारहरुलाई दैनिक गुजारा चलाउन कठिन भएको हो। निषेधाज्ञाका कारण सबै क्षेत्र बन्द हुँदा काम नपाउँदा आम्दानीको स्रोत नहुने भएकाले घरपरिवार पाल्न समस्या भएको छ ।

अघिल्लो वर्षमा विपन्न परिवार तथा मजुदरका लागि भन्दै
प्रदेश सरकार, स्थानीय सरकारतथा विभिन्न सहयोगी सङ्घसंस्थाले खाद्यान्न तथा राहत सामग्री वितरण गरेकाले केही राहत भएको थियो तर यस पटक भने सरकार तथा अन्य कुनै पनि संघ संस्थाले गत बर्षको जस्तो राहात वितरण नगरेकाले विपन्न तथा मजदुर परिवारले दैनिक गुजरा चलाउन नैकै समस्या परेको हो ।

https://youtu.be/rHFzXyiS-8I