Fursad Times मंगलबार, जेठ १८, २०७८

काठमाडौ – विश्व माहामारीको रूपमा गतबर्ष सन २०१९ देखि फैलिएको कोविड-१९ कोरोना भाईरसबाट बच्न ,डबल मास्क लगाएर हरदम बसेपनि ,सेनिटाईजर खल्तीमा बोकेर पटक पटक प्रयोग गरेपनि, साबुन पानीले धेरै पटक हात धोएपनि ,वेसार, गुर्जो पानी दैनिक पिएपनि coved shield खोप मिति २०७७।११।२४ र २०७८।०१।११ मा लगाएपनि, भौतिकदुरी कायम गरी सम्यमित भएर सतर्क साथ बसेपनि यो माहामारीबाट बच्न सकिएन । कोविड-१९ ले विजय पाप्त गरेरै छाड्यो ।
काठमाडौ राजधानी शहर , अव्यबस्थित बसोवास , साँघुरा गल्ली तथा फुटपाथ त्यसमा पनि महानगरपालिकाले पेटीमा वृक्षरोपण गरी जालीले घेरेर झन साँगुरो बनाएको परिस्थितिसंग पौठाजोरी खेल्दै हिडनु पर्ने बाध्यता, ज्येष्ठ नागरिक तथा अपाङ्गमैत्री सडक सञ्जालको शुन्यता , अनियन्त्रित भिड-भाड , भाग-दौड , सदभाव र सहिष्णुताको खडेरी ,व्यष्टिवादी समाज ,भडकिलो सामाजिक परिवेश, कृतिम मायाप्रेम , चरम अनुशासनहीनता ,गाँस बास कपासको लागि कुदा-कुद, वेफुर्सदि समाज, मानव भन्दा मान्छेको बाहुल्यता छ। (यहा मानिसलाई मानव बन्ने फुर्सद नै छैन) प्रत्येकको नस-नसमा चुनौतिको चाँङ्ग छ ।,कहाली लाग्दो जनसङ्ख्याको ओहिरो , चारैतिर अस्त-व्यस्त ,कोलाहलमय वातावरण ,चित्कार , क्रन्दन , रोदन ,आँसु र हाँसोले सिर्जना गरेको पीडा ,बिध्यमान छ। यँहा प्रधानमन्त्रीदेखि सामान्य जनता सम्म सबै बिषयमा पारंगत छु भन्ने पाखण्डीपन र मूर्ख बुध्दिमानहरूको बाहुल्यता छ। ,यहा कोही भन्दा कोही कम छैनन् । सबै पण्डित छन,। यिनीहरूका कुरा सुन्दा आश्चर्य लाग्दछ ।, याँहा कसैको मुल्य-मान्यताको मतलब छैन । अरूको कुरा सुन्ने, बुझ्ने र मनन गर्ने फुर्सद छैन । बालक , बृध्द, रोगी ,असक्त , गर्भिणी महिला ,विपन्नबर्ग आदिको बारेमा सोच्ने मनन गर्ने कुरा त परै जावस् । यस्तो परिस्थिति यस लेखको महत्व के होला र ? तर पनि हालको बिषम परिस्थितिमा कोरोना कहरको दोस्रो भेरियण्ट पनि आईसकेकाले सोबाट जोगिन म स्वयंले प्रयोग गरी ठीक भएकाले निम्न कुरा गर्नु भएमा तपाई आफूलाई धेरै हदसम्म कोरोना भाईरसबाट सुरक्षित राख्न सक्नु हुनेछ भन्ने मेरो ठम्याई छ। यो मेरो आफ्नै शुक्ष्म अनुभब हो । यसमा कुनै अतिरञ्जना छेन ।
लक्षणः
यदि तपाईलाई टाउको दुख्यो, रिङटा लाग्यो ,खानामा स्वाद हरायो , खान मन लागेन , ज्वरो आयो ,रूघा ,खोकी लाग्यो ,जिउ कटकट खायो , ग्लानी धेरै भयो , अल्छी लागेर सुस्तता छायो, श्वास-प्रश्वास वढेर आयो ,सौचालय जान पनि कठीन भयो भने सतर्क रहनु पर्दछ । यो अबस्था सिजनेबल फ्लू वा कोविड-१९ जे भए पनि तपसिलका कुरा प्रयोग गर्नुहुन सल्लाह दिन्छु ।
सावधानी ;
१) चिसोबाट पूर्णतया बच्ने ।
२) दैनिक नुहाउदा पनि बन्द कोठामा तातो पानीले स्नान गर्ने । वा तौलिया भिजाएर जिउ पुछदा पनि हुन्छ ।
३) साधा तातो पानी पटक-पटक पिउने । कम्तिमा दिनको ३ पटक मनतातो पानीले गारगिल गरेर नाक, मुख, गला सफा गर्ने (पानीमा आवश्यकतानुसार नून राखेर प्रयोग गर्दा धेरै राम्रो हुन्छ) ।
४) बिहान बेलुका सादा पानीको वाफ लिने । वाफ लिदा त्यसमा भिक्स वेपोरव , सञ्चो ,झण्डूबाम आदि नराख्नुे ।
५) बेलुकी सुत्नु भन्दा अगाडि नून, बेसार ,अदुवा ,ज्वानो ,दालचिनी ,अलैची , सुकुमेल, ल्वाङ्ग र तुलसीको पात ,संभवभए त्रिफला आदि राखेर पानीमा पकाएर पिउने । (यस्तो पानी सकिन्छ भने दिनको २।३ पटक पिउदा अझ राम्रो हुन्छ)।
६) खानामा कुनै चीज नबार्ने । प्रोटिनयुक्त खाना माछा, मासु ,अण्डा ,बिजाङ्गकुरण भएको दलहन वा क्वाटी ,सुप , हरियो सागपात , गाँजर आदि यथेस्ट सेवन गर्ने । फलफूल खाँदा चिसोपन हटाएर दिनको २. ०० बजे अगाबै खाने । खानेकुरा धेरै पटक खाने।
७) Immunity booster का लागि भिटामिन D हप्ताको एउटा ,भिटामिन C र जिङ्क १।१ चक्की दैनिक खाने ।
८) अक्सोमिटर र थर्मामिटर अनिवार्य घरमा राख्ने । ज्वरो र अक्सिजनको मात्राको रेकर्ड राख्ने। यदि ज्वरोआएको छ भने सो नियन्त्रणका लागि सिटामोल होईन पारासिटामोल खाने । यदि अक्सिजनको मात्रा ९० भन्दा तल झर्यो भने ज्यादै सतर्क रहनु पर्दछ । पानीबाट अक्सिजन प्राप्त हुने हुनाले यस लेखको सि.नं.१ मा पानीको प्रयोगमा जोड दिईएको छ । किनकी H2o=water हो ।
९) यदि अक्सिजनको मात्रा घट्यो, हस्पिटल पुग्न समय लाग्ने भयो भने तत्काल अक्सिजन बढाउन शरीर घोप्टो पारेर सुत्ने । पतञ्जलीको अष्टाङ्गयोगका बिषयमा योगगुरू बावा रामदेवले देखाउनु भएको व्यबहारीक ज्ञान अनिलोम-विलोम ,भस्त्रिका , भ्रामरी , कपालभाती गर्ने । यस सम्बन्धी प्रयोग गर्ने तरीकाको भिडीयो May16, 2021 मा Face bookमा post गरेको छु । यसबाट पनि अक्सिजन बढाऊन सकिन्छ । कोरोना कहरमा अक्सिजन घट्यो भने डराउनु पर्दछ । डा. ततकाल उपलब्ध नभए नजिकको हस्पिटलमा गएर छातिको X-Rey गराउनु पर्दछ । यदि कोरोना भाइरस lungs मा फैलिन लाग्यो भने डा. को सल्लाह अनुसार एण्टीवायोटिक औषधीको प्रयोग गरिहाल्नु पर्दछ ।
१०) PCR टेस्ट गर्दा Positive देखियो भने त्यो बिरामीबाट अरूलाई भाइरस नसरोस भन्ना खातिर एकान्तबासमा राखिन्छ । यसरी छुट्टै राख्दा बिरामी हत्तोतसाही भएर उसलाई चिन्ताले गलाउछ । मानिसको सबैभन्दा ठूलो डर भनेको मृत्यु हो । मृत्यु अवश्यमभाबि भए पनि मनले मान्दो रहेनछ । देनिक न्यूज र सामाजिक सञ्जालमा देखाइएका ती हृदयविदारक दृष्यले कुन पापीष्टको मन नपिरोलिएला र ? त्यो बिभत्स मृत्युलाई नजिकबाट च्याएर कुन नराधमले सहन गरेर बस्न सक्ला ? यस्तो अबस्थामा सर्ब साधारणले कसरी उच्च वनोबल राखेर एकान्तबास बस्न सक्दछ । यो ठूलो चुनौतिको बिषय रहेछ ।
११) मलाई कोरोना भाइरसको कुनै लक्षण देखिएको थिएन । PCR जाँचगर्दा Positive आयो । कँही कतै केही भएको छैन तर पनि म रातभरी निदाउन सकिन । खटपट,खटपट भइरह्यो । कोठाका चारै भित्तालाई नियाले ।उही आल्मिरा ,स्वर्गवासी पिताज्यूको फोटो । अस्तव्यस्त शिरक ,तकीया ,तन्ना ।आल्नामा झुण्ड्याइएका मेरा कपडाले एकटक लगाएर मलाई हेरिरहे जस्तो भान भयो । उठदै बस्दै गरे । छुट्टा छुट्टै बेडरूममा सुतेका पत्नी र छोरीलाई नियाले । मस्तसंङ्ग निन्द्रादेवीको काखमा रमाईरहेका थिए । फर्केर कोठामा आए ।भनन्न रिङ्गटा लागेर आयो । थचक्क बसे ।के होला ? कसो होला ?भन्दै भावातुर भए । कोरोना भाईरसबाट मरेका साथीभाइ , नातागोताका मानिसहरू झल्झलि संझिए । पहाड बस्दाका आफन्तजन ,वारीपारी गाँउका मानिसहरू , मावलतर्फका ,ससुरालीतर्फका ,आफुले चिने जानेका बिभिन्न जिल्ला तथा क्षेत्रका स्वर्गवासी मानव समुदायको लिष्ट र सङ्ख्या दिमाखमा उतारे । वेचैनीले पूरै डेरा जमायो । घरी-घरी झस्किन्थे । बनको बाघले नखाए पनि अन्तर-कन्तरमा छिपेर बसेको मनको बाघले मलाई यसरी खायोकी ? म हस्पिटलको Icu ,ccu र भेण्टीलेटरको सपना देख्न थाले । मेरो मानसपटल आर्यघाटको ब्रह्मनाल वरिपरी घुम्न थाल्यो ।यस अबस्थामा कसरी मन दरो पारेर बसेर निदाउन सकिन्छ ।जुन असंभाव्य चिन्ताम् परिणाम जस्तै भयो । म निरिह भए । मनमनै सोचे मानिसको पाण्डित्याई अरूलाई अर्ती र उपदेश दिन त काम लाग्दो रहेछ तर आफूलाई आई परेपछि गोबिन्दाय नमोनमः हुन्छ भनेको ठीकै रहेछ । यसरी चिन्ताले पिरोलीएर १८ दिन बिताए ।
१२) जव PCR Negative आयो बल्ल सुखको शास फेरे ।मेरा मित्र बसन्त श्रेष्ठजीले टेष्ट गरेको फोटो सामाजिक सञ्जालमार्फत सार्जनिक गरिदिनु भएको रहेछ । उँहालाई मुरी-मुरी धन्यबाद दिन्छु।
अन्तमा ,कोरोना केही होईन भनि हेलचेक्य्राई नगरौ ।साबुन पानीले हात धुने गरौं ।मास्क लगाउन नछोडौं ।सेनिटाइजको नियमित प्रयोग गरौं। भौतिकदुरी कायम गरौं । पूर्णसावधानी अपनाँउ ।अम्बा, आँप ,वर-पिपल, पारिजात ,नीम लगायतका पात पकाएर खाँदा निकोहुन्छ भन्नु वाइयात र वेतुकको कुरा हो। यो भ्रममा नपरौ । कोरोना कहरका १८ दिन ज्यादै कष्टकर रहे ।ऐले पनि नातागत भएको अनुभव गरको छु । यसमा विचारणीय कुरा के छ भने सकेसम्म बिरामीलाई मायालु वातावरण राख्नु पर्दछ । यदि म छुट्टै अर्को तलामा एक्लै बसेको भए यतिखेर कुन संसारमा हुने थिए ?भन्न सक्ने अबस्था थिएन । यस अबस्थामा सहधर्मिणी पत्नी सुशीला ,छोरी सुरक्षा र म अलग अलग कोठामा एउटै तलामा बसेर कोरोनालाई परास्त गर्न सफल भएका हौ ।धन्य कोरोना तेरो आक्रमण पछिको सफलता चिरस्थायी भएर रहको छ। यस अबस्थाामा बाहिरी दुनियाबाट सहयोग गर्नुहुने समस्त आत्मियजन प्रति हार्दिक आभार सहित धन्यबाद ज्ञापन गर्दछु । मेरा भोगाइका गाथाहरूमात्र सम्प्रेषण गरेको हो । लेख लामो भएकोमा क्षमा चाहान्छु । अस्तु।
कुमार पोखरेल
भुक्तभोगि कोविड-१९,
मिति २०७८।०२।१७ गते ।