Fursad Times मंगलबार, जेठ १८, २०७८

भक्तपुर । पाँचथरमा हिजो राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्या न ग एको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट उपचार गरेर ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते भएकी पाँचथर फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा बिहान ३ः४० मा चिकित्सकले मृ त घोषित गरेका थिए । दुर्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

घाइतेहरुको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ । झापाबाट उपचार गरेर घर फर्कँदै गर्दा उक्त दुर्घटना भएको थियो । दुर्घटनापछि प्रहरीले उक्त एम्बुलेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । उक्त एम्बुलेन्समा चालकसहित चार जना सवार थिए ।

https://youtu.be/cvEc0zY7SsA