Fursad Times शनिबार, जेठ १५, २०७८

भक्तपुरका  । सरकारले आर्थिक वर्ष २०७८/७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट दिने निर्णय गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै उत्पादनमूलक उद्योगहरूलाई उक्त छुट दिने बताएका छन।

सरकारले चलचित्रसँगै हवाइ सेवा,हस्तकला, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्युटी पार्लर लगायतका क्षेत्रले इजाजत दस्तुर तिर्नुपर्ने छैन। उक्त उद्योगहरू स्वतस् नवीकरण हुनेछन्। साथै कोभिड – १९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न भन्दै चलचित्र र होटल उद्योगलाई विद्युत खपतमा समेत डिमान्ड शुल्क छुट दिन लागेको उनले बताए।

https://youtu.be/Ar4cITUHbvc