Fursad Times मंगलबार, जेठ ११, २०७८

भक्तपुर – विश्वलाई नै चुनौती दिइरहेको कोरोना भाइरस कसरी फैलिन्छ, अझै पनि अनुशासन जारी छ । शरीर भित्र प्रवेश गर्ने प्रमुख माध्यममा हात, मुख, नाक र आँखा हो भन्ने त करिब तय भइसकेको छ तर यसको स्रोत के के हुन सक्छन भन्ने कुरामा नयाँ नयाँ तथ्य बाहिर आइरहेका छन् ।

पादबाट पनि कोरोना भाइरस फैलिन सक्छ भन्ने हालै एक अध्ययनले देखाएको छ । यसलाई लिएर केही विज्ञहरु त्यति चिन्तित देखिएका भने छैनन् तर पनि यस्तो हुन सक्छ भन्नेमा धेरैले आशंका रहेको छ । यो कुराको चर्चा शुरुमा अष्ट्रेलियाका एक डाक्टरको केही टिप्पणी सामाजिक सन्जालमा आएपछि भएको हो ।

अष्ट्रेलियकाका डाक्टर एन्डी ट्यागले गरेका केही परिक्षणमा कोरोना भाइरसका ५५ प्रतिशत विरामीको दिशामा उक्त भाइ’रस भेटिएको छ । चिकित्सकिय सोधमा पहिला पनि पादमा दिशाका ससाना अंश हुन सक्ने र यसको माध्यमबाट ब्याक्टेरिया फैलिन पनि सक्ने चेतावनी दिइसकेको छ । यद्यपी पादका माध्यमबाट कसरी भा’इरस फैलिन सक्छ , यसलाई लिएर थप अनुसन्धानको आवश्यक भएको उनले बताए ।

अर्को तर्फ विज्ञहरु यसको सम्भावना नभए सरह भएको बताउँछन् । यस्तो हुने भनेको जब कसैले पाद गर्दा अर्को ब्यक्ती अत्यन्त नजिक हुनु पर्ने छ । बीचमा कुनै न कुनै कपडा हुने भएकाले बाहिर फैलिनु लगभग असम्भव हो तर दिशामा भा’इरस हुन सक्ने तथ्यलाई अस्विकार गर्न नसक्ने बताइएको छ । त्यसैले बाथरुमलाई सफा सुघरमा अत्यन्त ध्यान दिन आवश्यक छ । कयौं संक्र’मणमा केही विरामीमा सुरुमा पखाला लागेको र त्यसपछि मात्र कोरो’नाका अन्य लक्षण देखिएका छन् । त्यसकारण सावधान हुनु राम्रो हो ।

कोरानो भा’इरस फैलिने सामान्य तरीका भनेको हाछ्युं गर्दा र खोकीबाट निस्कने ससाना थोपालाए नै मनिएको छ। मुख र नाकबाट निस्कने साना ती थोपाका माध्यमबाट भाइरस बाहिर आउन सक्छ । त्यसपछि कुनै ब्यक्तीसँगको सिधा सम्पर्कबाट पनि यो फैलिन सक्छ । संक्रमित हातबाट कुनै बस्तु छुँदा पनि भाइरस केही समय ती बस्तुमा रहन सक्छ र त्यहाँबाट अन्य ब्यक्ती त्यसको सम्पर्कमा आउन सक्छ ।
एजेन्सी/नेपालसमाचारपत्र

 

https://youtu.be/hOl9qbOuwt8