Fursad Times आइतबार, जेठ ०९, २०७८

भक्तपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दलका साथै विभिन्न क्षेत्रबाट यसको चर्को विरोध सुरु भएको छ। शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । मध्यराती देखिनै सामाजिक सञ्जालमा विरोधका स्वर गुन्जन थालेका छन् ।

यसै क्रममा हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले पनि सामाजिक संजालमा व्यंग्यात्मक गर्दै लेखेका छन्, बा ले मध्यरातमा ठोक्नुभएछ। आमाले बिहानीपख ठोक्नुभएछ।। बिपक्षीलाई, सारंङ्गी र्याईं र्याईं । भयो जीबन तिरीमिरी झ्याईं।। चुनाव भईहाल्यो भने जस्ले बिपत्तीमा जनताको सेवा गर्छ उसैले भोट पाउंछ।। याद गर्नुहोला।। -माग्ने बुडा

कलाकार दिपकराज गिरीले सामाजिक संजाल फेसबुकमा व्यंग्या गर्दै नेताहरुको पछाडी लाग्ने कार्यकर्तालाई दह्रो झापड हानेका छन् । उनले लेखेका छन्, प्लास्टिक को झोला,भन्दा खतरनाक रहेछ पार्टीको झोला,जस्ले बोक्यो त्यस्को ऑखा अन्धो !कान बहिरो !! बुद्धिमा ढक्कन !!!त्यसैले प्लाष्टिकको झोला होइन पार्टीको झोला त्यागौ!!

त्यस्तै अर्का हाँस्य कलाकार जितु नेपालले पनि सामाजिक संजालमा व्यंग्यात्मक लेख लेख्दै भनेका छन, पुरानो हर्लिक्सको बिज्ञापनको याद आयो। हामी जे चाहन्छौ त्यही गर्छौं छ्यापलाङ छुप्लुङ…….

त्यस्तै अर्का कलाकार मनोज गजुरेलले पनि सामाजिक संजालमा व्यंग्यात्मक गर्दै लेखेका छन्, “कति हेर्नू नाटक देखाउने यिनै हुन्, कता के को व्याख्या गराउने यिनै हुन्, यिनै थिए, यिनै छन् , रहने यिनै हुन्, तपाईंको यो हालत बनाउने यिनै हुन्” -चट्याङ मास्टर

 

https://youtu.be/aZkKmBEpIIo