भक्तपुर । राष्ट्रपति कार्यालयको वेबसाइटमा राखिएका महत्वपूर्ण तीनवटा सूचनाहरु हटाइएको छ । विहीबार, शुक्रबार, पाँच बजेपछि, राति ११ बजेपछि र राति १ बजेर ५० मिनेटपछि वेबसाइटमा राखिएका तीन महत्वपूर्ण सूचनाहरु हटाइएको हो ।
राष्ट्रपतिले वेबसाइटबाट प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार बनाउने दावी पेश गरेपछिको सूचना,एक दिनको समय दियर प्रतिनिसभा सदस्यहरुलाई सरकार बनाउन गरेको आव्हानको सूचना, दुबै दावी खारेज गरिएको सूचना र संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरिएको सूचनाहरु वेबसाइटबाट हटाइएको छ।
आखिर किन यी महत्त्वपूर्ण सूचनाहरु हटाइयो भन्ने बारे राष्ट्रपति कार्यालयबाट कुनै आधिकारिक धारणा भने आएको छैन ।
https://youtu.be/aZkKmBEpIIo