Fursad Times सोमबार, जेठ ०३, २०७८

भक्तपुर । अर्जुन गौतमको निर्देशनमा ‘वर वर आशु’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियोमा कोभिड -१९ बाट जनमासमा परेको असरलाई प्रस्तुत गरिएको छ । कोभिड संक्रमित व्यक्तिको छट्पटी, पिडा, दु:ख प्रस्तुत गरिएको गीतमा संगित/स्वर गायक मिनप्रकाश ओलीको रहेको छ भने शब्द पनि ओलिले नै रचना गरेका हुन । थर्डआई ईन्टरटेनमेन्टको प्रस्तुती रहेको सो म्युजिक भिडियोको पोस्ट प्रोडक्सनमा वजस फिमिल स्टुडियो रहेको छ । म्युजिक भिडियो नरोत्तम पाण्डेको सम्पादन र समीर राईको छायाँकनमा तयार पारिएको हो ।

https://youtu.be/qE54WmL428g