Fursad Times सोमबार, जेठ ०३, २०७८

भक्तपुर । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोन सङ्क्रमणका कारण आज बिहान ७६ वर्षका उमेरमा निधन भएको छ । केहीदिन यता उहाको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।

साहित्यकार सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् भने त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक हुनुहुन्थ्यो ।

 

https://youtu.be/-aivyVEfLbE