Fursad Times आइतबार, जेठ ०२, २०७८

भक्तपुर – चर्चित गीत “तिजको लहर आयो बरिलै”का रचनाकार चेतन कार्कीको निधन भएको छ । उनी कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएका थिए । ८३ वर्षको उमेरमा उपचारका क्रममा उनको निधन भएको हो । उनी गीतकार साथै चलचित्र निर्देशक पनि थिए ।

कोरोना संक्रमित भएपछि एक साताअघि मात्रै कार्की छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका थिए । छाउनी अस्पतालमा आइतवार विहान उनको निधन भएको हो ।
‘शनिबार दिउँसोसम्म कार्कीको अवस्था राम्रै रहे पनि बेलुकीदेखि उनको स्वास्थ्यमा समस्या आएकाले उनलाई आइसीयूमा भर्ना गरिएको थियो भने आइतवार विहान साढे १० बजेतिर निधन भएको परिवारले जनाएको छ।

कार्कीको परिवारमा श्रीमती र दुई छोरा छन्। कार्कीको परिवारका अन्य सदस्यहरु पनि आइसोलेसनमा छन्। उनले ‘तिजको लहर आयो बरिलै’ र ‘कलिलो तामालाई सोधे रामालाई’ जस्ता लोकप्रिय गीत रचना गरेका थिए।

https://youtu.be/Ng6r5YC3mPs