Fursad Times शनिबार, जेठ ०१, २०७८

बरहथवा –2 सर्लाही – सर्लाहीको बरहथवामा अवस्थित आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका वडा नं. ५ बस्ने पूर्णबहादुर थापा मगरको श्रीमती ५१ वर्षीय गीता थापा मगरको आफ्नै तीन तले भवनको छतबाट खसेर मृत्यु भएको हो ।

शनिवार बिहान ७ बजेतिर व्यायाम गर्ने क्रममा चिप्लेर अचानक छतबाट खसेर गम्भीर घाईते भएकी मगरको उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा दिउँसो साँढे २ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।मगरका श्रीमान पूर्णबहादुरले सोही घरमा मुनलाईट आवासिय विद्यालय सञ्चालन गर्दै आएका छन् । उनिहरुको एक छोरा र एक छोरी छन ।