Fursad Times शनिबार, जेठ ०१, २०७८

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको कोरोनाका कारण आज बिहान ४: ४५ बजे निधन भएको हो । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज निधन भएको हो ।

लामो समयदेखि कलेजोको बिरामी समेत रहेका उनलाई भारतस्थित नयाँ दिल्लीमा उपचार गरिएको थियो। पछिल्लो समय नर्भिकमा उपचाररत उनलाई दुई दिन अघि कोरोना संक्रमण पुष्टि भएको उपसभापति गच्छदारका स्वकीय सचिव कन्हैया ठाकुरले पुष्टि गरे।

https://youtu.be/Wk_ohu7QKe0