Fursad Times शनिबार, बैशाख २५, २०७८

भक्तपुर  । २४ घन्टामा १७,३१५ जनाको पिसिआर चेक गर्दा  ८ हजार २८७ जनामा र ९८९ जनाको एन्टीजेन परिक्षण गर्दा १३१ जनामा गरी ८ हजार ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ५३ जनाको मृत्यु भएको छ ।

हाल  नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या भने ८३ हजार ४९३ रहेको छ त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर घर जानेको संख्या ३ हजार ३७० जना रहेको छ । आज ३,३७० जनाले कोरोना जिते सङ्गै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ । नेपालमा हाल सम्म कोरोनाको कारण ज्यान गुमाउनेको सख्या ३,६३२ पुगि सकेको छ