Fursad Times शनिबार, बैशाख १८, २०७८

भक्तपुर । प्रधानमन्त्री केपि शर्मा ओलिको कारण देशभर कोरोना महामारी फैलियो । आखिर कए गरे त प्रधानमन्त्री ओलिले ? काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुकमा दोस्रो चरणको कोरोना महामारीका रुपमा फैलिएको आरोप लगाएका छ । प्रधानमन्त्री ओलीले नै कोरोना फैलाएर फेरि लकडाउन गर्नुपर्ने स्थिति आएको उनको आरोप छ ।

भारतमा कोरोना महामारीका रुपमा फैलिरहेकै बेला त्यसको रोकथाममा लाग्नुभन्दा पनि अधुरा कामलाई नै पूरा गर्न भन्दै विभिन्न उद्घाटन, भिडभाड र तडक–भडकमा मग्न ओली सरकारले कोरोना फैलाएर अहिले मुलुक लकडाउन गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाई छ ।

पत्रकार सम्मेलनकै क्रममा वितरित उनको प्रेस नोटमा काठमाडौंमा निषेधाज्ञा गरिएपछि लाखौ संक्रमित कम भएको स्थान अर्थात राजधानी बाहिर पुगेको र जसका कारण संक्रमण कम भएको ठाउँहरुमा समेत व्यापक संक्रमण बढ्ने खतरा बढेको उल्लेख गरिएको छ ।

देउवाले कोरोनाकोका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन रोकथाम र उपचारको समुचित प्रवन्ध मिलाइ निषेधाज्ञाको समयलाई पूर्ण रुपमा सदुपयोग गर्न आवश्यक कामहरु गर्न आग्रह गर्दै सरकारलाई ११ बुँदे सुझाव समेत दिएका छन् ।

संक्रमितको उपचारका लागि अक्सिजन र भेन्टिलेटरको आपूर्ति सुनिश्चित गर्न, स्वास्थ्य सामग्रीको समुचित व्यवस्था गर्न, पीसीआर परीक्षणलाई व्यापक बनाउन, सीमामा होल्डिङ सेन्टरको व्यवस्था गर्नलगायतका माग काँग्रेसले सरकारलाई दिएको छ ।

भिडियो हेर्न तल लिंक थिच्नुहोस:

https://youtu.be/bz1jXR6VJIA