Fursad Times बुधबार, बैशाख १५, २०७८

भक्तपुर । कोरोना भाइरसको दोस्रो लहरले महामारीको रुप लिएको भारतमा एक पछि अर्को हृदयविदारक तस्बिर सार्वजनिक भएका छन् । दुई दिन अघि आफ्नो श्रीमानलाई बचाउन महिलाले गरेको अन्तिम अवस्था सम्मको प्रयासको तस्बिरले सबैलाई रुवाएको थियो । आफ्नो श्रीमानलाई बचाउन उनले अक्सिजनको अभावमा जोखिममा परेका श्रीमानलाई मुखले अक्सिजन दिने प्रयास गरेकी थिइन् । तर उनका पतिको निधन भयो ।

फेरि अहिले एउटा त्यस्तै एउटा तस्बिर सार्वजनिक भएको छ एक पुरुषले आफ्नो श्रीमतीको मृत्युपछि छिमेकी र आफन्तको काँध पाएनन् । उनको शवलाई कसैले छुने हिम्मत गरेन । कोरोनाले मृत्यु भए पछि पत्नीको अन्तिम संस्कारका लागि कसैको सहयोग नपाएपछि यि पुरुषले साइकलमा शव राखेर हिँडे । घटना भारत माडिहु कोतवाली क्षेत्रको अम्बरपुर गाउँको हो ।

गाउँका तिलकधारी सिंहकी पत्नी राजकुमारीको ५६ वर्षको उमेरमा निधन भयो । उनको निधन जिल्ला अस्पतालमा उपचारका क्रममा भएको हो । एम्बुलेन्सबाट शव लगेर तिलकधारी गाउँ पुगे। छिमेकीहरूले अन्तिम संस्कारमा सहयोग गर्न राजि भएनन् । यस्तो अवस्थाको सामना गर्नुपर्दा, तिलकधारीले अन्य कुनै उपाय देखेनन् । आफ्नी श्रीमतीको शरीरलाई साइकलमा राखेर एक्लै अन्तिम संस्कार गर्ने निर्णय गरे।

उनी साइकलमा श्रीमतीको शव राखेर खोलामा जाने कोशिस गरे । तर त्यो प्रयास पनि उनका लागि निकै कठिन थियो । सूचना पाएपछि प्रहर िघटनास्थल पुगे र उनलाई सहयोग गरे । प्रहरीले शव गाडीमा राखेर दाह संस्कार गर्ने स्थान सम्म लगिदिए । अन्तिम संस्कारका लागि उनीसंग पैसा पनि थिएन । प्रहरीले पैसा पनि दिए ।