Fursad Times मंगलबार, बैशाख ०७, २०७८

भक्तपुर । भारतको महाकुम्भ मेलामा सामेल भएर भर्खरै नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई कोरोना भाइरस पुष्टि भएको छ। भाएअतमा भएको उक्त महाकुम्भ मेला कोरोनाको हट स्पट बनेको थियो । लगातार दुई महिना सम्म चल्ने कुम्भमेलामा महास्नान गर्न पुगेका पूर्वराजा ज्ञानेन्द्र त्यहाँ विभिन्न ब्यक्तिहरुसंगको सामिप्यमा थिए । नेपाल आए लगतै सोमबार गरिएको परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

कोरोना पुष्टि भए पनि उनीहरु अस्पतालमा नभै होम आइसोलेसनमै रहेको सुरक्षा स्रोतले जनाएको छ। कुम्भ मेलामा लाखौं भक्तजन सहभागी भएका थिए । उक्त मेलामा शाहलाई विशेष अतिथिका रुपमा तथा शाही स्नानको लागि स्वामी कैलाशानन्द गिरीले निमन्त्रणा दिएका थिए। मेला दुई महिनासम्म यो मेला चल्नेछ । उक्त मेलामा पुगेका १५ सय बढीलाई कोरोना पुष्टि भइसकेको छ।