Fursad Times सोमबार, बैशाख ०६, २०७८

सर्लाही, बरहथवा -2 । लामो समय देखि साङ्गितिक क्षेत्रमा संघर्स गरिरहेका गायक कर्णराज गिरि, चर्चित रियालिटी शो The voice of nepal सिजन ३ मा भाग लिन पुगेका छन् । The voice of nepal को स्टेजमा गिरीले गायक प्रमोद खरेलको म बाचेकै तिमी सङ्ग माया लाउन बोलको गीत गाएका थिए उक्त गीतले सबै जजलाई खुशी पार्न सफल भएका छ्न । उनको कथा सुन्दा सबै दर्शकको आखा रसाए। राजु लामाले गायक कर्ण राज गिरिको स्वरमा भगवानको बाँस भएको र सम्पुर्ण नेपालिको मन जित्ने बताएका छन ।

 

 

काठमाडौँमा आफ्नो कर्म थलो बनाएर संघर्स गरि रहेका गायक ट्याक्सी चालक समेत हुन् । पेशाले ट्याक्सी चालक भए पनि गिरि निरन्तर सांगीतिक क्षेत्रमा लागी परेका छन । उनले शोमा गाउदै गर्दा ३ जना कोच को मन जिति कुर्सि घुमाउन सफल भए । हस्पिटलको आइ. सी. यु. मा आमालाई राखेर आफ्नो मन बाधेर अडिसन दिन पुगेका थिए । गायक गिरीको यो हिम्मत र संगीत प्रतिको मोह देख्दा सबैले तारिफ गरेका थिए ।