Fursad Times शनिबार, चैत्र २८, २०७७

भक्तपुर । विस्वभर कोरोनाको दोस्रो लहर चली रहदा नेपालमा पनि यसओ प्रभाव देखिन थालेको छ । नेपालमा पनि कोरोना भाइरस संक्रमित बढ्दै गएको समय  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेसँगै नेपालमा फेरि पनि शैक्षिक संस्था तथा रेष्टुरेन्टहरु बन्द हुनेअवस्था उत्पन्न भएको छ।

पहिलो भन्दा दोस्रो लहरका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले स्वास्थ मन्त्रालयले भिडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला  हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको प्रवक्ता गौतमले बताएका थिए।

पछिल्लो समय भारतमा संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि नेपालमा पनि संक्रमणको दोस्रो लहरको संकेत देखिन थालेको भन्दै कोभिड—१९ संकट व्यवस्थापन केन्द्रले (सीसीएमसी)लाई भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेको हो । साथै स्कुले बालबालिकाहरूमा पनि कोरोना भाइरसका नयाँ भेरिएन्ट देखिएको भन्दै मन्त्रालयले विद्यालयलगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेको हो । चैत्र २५ गते सिफारिस गरे पनि आइतबार सरकारी विदा परेकाले सोमबारबाट विद्यालयहरु बन्द हुन सक्ने अवस्था देखिएको छ।

स्वास्थ्य मन्त्रालयले चैत्र २५ गते यस्तो सूचना जारी गरेको थियो-