Fursad Times बुधबार, आषाढ ०३, २०७७

एजेन्सी, आइतबार बलिउड नायक सुशांत सिहं राजपुतले आत्महत्या गरे संगै बलिउडमा बिभिन्न समाचारहरु आइ रहेका छन । विभिन्न व्यक्तिहरुले सुशांतको आत्महत्यालाई विभिन्न तरिकाबाट हेरिरहेका छन । यस्तैमा बलिउडमा सुशांको आत्महत्यालाई लिएर एउटा समाचार बाहिरिएको छ । हरेक प्रोजेक्टमा नयाँ नयाँ नायिकाहरु राख्न माहिर नायक सलमान खान निकै चुजी कलाकार हुन । आफुलाई मन परेका कलाकारहरुलाई मात्र लिने सलमान खान सुशांत सिंह राजपुतलाई खासै मन नपराउने खुलासा भएको छ । छोटो समयमै सफलता हाँसिल गरेका सुशांतलाई बलिउडका ७ ठूला निर्माताहरुले आफ्नो चलचित्रका ब्याण्ड गरेको खुलासा भएको छ । सलमान खान,कारण जोहर,एकता कपुर, आदित्य चोपरा,भुषण कुमार,दिनेश भिजन लगायतका निर्माताहरुले सुशांतलाई असफल बनाउनको लागि आफ्नो फिल्ममा नखेलाउने र अरुको फिल्ममा पनि नखेलाउन खेल खेलेको रिपोर्ट बाहिरिएको छ । जसका कारण बिगत ६ महिना देखि उनि डिप्रेशनमा थिए र यहि कारणले उनले आत्महत्या गरेको हुन सक्ने खुलासा भएको छ ।

भिडियो हेर्न तल लिंक थिच्नुहोस्:

https://youtu.be/ZB08E-7_in0?list=UUpRGBfh2RhoWyfZi-z37ODA