Fursad Times शनिबार, चैत्र २१, २०७७

भक्तपुर , २१ चैत्र । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइआएको समर्थन भोलि फिर्ता लिने भएको छ । सरकारलाई दिएको समर्थन फिर्ताका लागि माओवादी केन्द्रले सबै तयारी पूरा गरिसकेको बुझिएको छ । माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले ओलि नेतृत्व सरकारलाई दिएको समर्थन भोलि फिर्ता लिइने जानकारी दिए । उनले टेलिभिजन कार्यक्रममा भने,‘हामी भोलि नै स्थायी कमिटी बैठक बसेर सरकारलाई दिइआएको समर्थन फिर्ता लिन्छौं ।’

सरकारलाई दिइआएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई दबाब बढिरहँदा पुनले नयाँ खुलासा गरेका हुन् । नेपाली काँग्रेसले हिजै सरकारको नेतृत्व लिन पहल गर्ने निर्णय गरिसकेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय समेत मागेको छ ।

उता प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले आफ्नो राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट परेका छन् ।                                                            भिडियो सहित : 

https://youtu.be/Ay6wct0YifA