Fursad Times शनिबार, चैत्र २१, २०७७

प्रेम आत्माको स्वभाव हो र प्रेम प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । सबैले बुझ्नैपर्ने महत्वपूर्ण कुरा प्रेम सेवा हो, यसले केवल सेवाभाव राख्दछ । प्रेम जीवन जीउने आधार  पनि हो । तर आजभोली मायामा धोका पनि धेरै हुन्छ |ज्योतिषशास्त्रको अनुसार यी राशिका मानिसहरु अरुको दिल तोड्न माहिर हुन्छन्।

मेष राशि
मेष राशि भएका व्यक्तिहरु अरुछप्रति छिटै आकर्षित हुन्छन्। राम्रा व्यक्तिहरु प्रती छिट्टै आकर्षित हुने भएकाले यिनीहरू प्रेमको मामलामा त्यति गम्भीर हुँदैनन् | जसरी अरु प्रती छिट्टै आकर्शीत हुन्छ त्यति नै छिटो मनबाट आकर्षण हट्छ जसले गर्दा यी राशिका व्यक्तिहरु प्रेमको मामलामा पनि छिटै मनबाट प्रेमको भावना हट्छ| अरुको कुरा सुन्ने तथा आफ्नो चाहाना पूरा हुन्न जस्तो भएमा यिनीहरु आफ्नो प्रेमीलाई धोका दिन पनि पछि हट्दैनन्|

मिथुन राशि
दोहोरो व्यक्तित्व व्यक्तित्वका लागि चिनिने यो राशिका व्यक्तिको यहि स्वभावले उनीहरूको सम्बन्धमा पनि असर पार्छ। कहिलेकाँही यिनीहरू आफ्नो प्रेमीको बारेमा धेरै संवेदनशील हुन्छन्, तर कहिलेकाँही उनीहरुको अनुहार पनि हेर्न मन पराउँदैनन्। आफ्नै मनपरिले चल्ने यी राशिका व्यक्तिहरुले आफ्नो यस्तो व्यवहारले आफ्नो साथी वा प्रेमिको मनमा चोट पर्छ भनेर यिनिहरुले सोचेका हुदैनन् ।

तुला राशि
तुला राशिका व्यक्तिहरू सन्तुलित जीवन बिताउँछन्, जब उनीहरूलाई केहि गलत छ जस्तो लग्यो भने यसलाई स्थिर पार्ने उपायहरू खोज्छन्। यस्तै भवनको मामलामा पनि आफ्नो खुशीको लागि आफ्नो प्रेमीको भावनासँग खेलभाड गर्न पनि पछि सर्दैनन्। आफ्नो खुशिको लागि यो राशिमा व्यक्तिहरु हदै सम्म गर्न तयार हुन्छन । आफ्नो प्रेमिलाई धोका दिन समेत पछि पर्दैनन

                                                                                           धनु राशि
धनु राशिका व्यक्तिहरूको लागि आफ्नो करियर सबैभन्दा महत्वपूर्ण हुन्छ। उनीहरूको करियर वा जागिरलाई आफ्नो प्रेमी भन्दा पनि महत्त्वपूर्ण ठान्छन । जसको कारण उनिहरु आफ्ना प्रेमीलाई सजिलै सङ्ग धोका दिन पनि तयार हुन्छन ।

मकर राशि
मकर राशिका व्यक्तिहरूले परिस्थिति अनुसार प्रेमीको दिल तोडछन्। यस राशिका मानिसहरू यदि कुनै कुरा उनीहरूको पक्षमा हुँदैन वा उनीहरूको अनुसार हुँदैन भने, तब यी व्यक्तिहरूले आफ्नो प्रेमीलाई छोड्न पनि समय लिदैनन्। मकर राशिका व्यक्तिहरु केबल आफ्नो राम्रो होस भनेर मात्र सोच्ने गर्छन जसले गर्दा उनिहरु आफ्नो प्रेमिलाई आफ्नो स्वार्थको लागि सजिलै धोका दिन्छन ।