Fursad Times बुधबार, आषाढ ०३, २०७७

भक्तपुर, असार ३। डीएस डिजिटल सिनेमाको ब्यानरमा शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशन र शत्रुघन अन्सारीको निर्माण रहने चलचित्र ‘दानराज’को आगामी भदौदेखि छायाँकन हुने निर्माण पक्षले जानाएको छ । एक्सनप्रधान यश चलचित्र लाई चितवन, मकवानपुर र काठमाडौं आसपासका छेत्रमा छायाँकन गर्ने घायलले जानकारी गराए । निर्माणपक्षका अनुसार चलचित्रमा दानराज चौलागाई, शुभेच्छा थापा, रवी खड्का ,रमेस डीसी सागर गुरु चौलागाईं ,रविन श्री, तारा लामिछाने, गंगा कुवर, राजु पौड्याल अनुबन्ध भएकाछन भने ओम प्रसाईंको छायाँकन रहने छ ।

देव महर्जनको द्वन्द्व, प्रदीप ज्ञवाली र सावित्री खत्रीको नृत्य रहने छ चलचित्रमा । सुबास गौतम र शंकर अधिकारी घायलको गीतमा सुरेश अधिकारी, राजेन्द्र बजगाई र बाबुल गिरीको सङ्गीत रहने छ भने सुरेश अधिकारी, नित्या शिवा, राजेन्द्र बजगाई र बाबुल गिरीको स्वर रहनेछ । चलचित्रलाई मङ्सिरको दोस्रो साता प्रदर्शन गर्ने शंकर अधिकारीले जानकारी दिए ।