Fursad Times मंगलबार, चैत्र १७, २०७७

भक्तपुर । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओलिले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरे पछि पनि नेपाल पक्षका ११ स्थायी समिति सदस्यहरु एकजुट भएका छन् ।

नेपाल र झलनाथ खनाल पक्षधर ११ जना स्थायी कमिटी सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले पार्टी ध्वस्त बनाउन लागेको आरोप समेत लगाएका छन् । नेपाल–खनाल पक्षका ११ स्थायी समित सदस्यहरुले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै ओलीले पार्टी र कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन लागेको आरोप लगाएका हुन्।

मंगलबार कलंकीको मेधा पार्टी प्यालेसमा नेपाल–खनाल पक्षको स्थायी समिति बैठकमा नेपाल समुहले देशभर समानान्तर कमिटी ब्युँताउने घोषणा गरेका छन् ।

सोमवार मात्रै अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र भीम रावललाई ६ महिनाको लागि साधारण सदस्यसमेत नरहनेगरि निलम्बन गरेका थिए । त्यसको भोलिपल्ट मंगलवार नेपाल पक्षधरको बैठक बसेर विज्ञाप्ती जारी गरेका छन । यसरी विज्ञप्तिमा जारी गर्नेमा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्, भीम रावल, सचिव त्रय भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई नेताहरु मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डे रहेका छन्।