Fursad Times सोमबार, चैत्र १६, २०७७

भक्तपुर । केही दिन यता देशभरको वातावरणमा एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ । ‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास चल्छ र सतहको हावा माथि जान्छ,’ वातावरणविद् तथा वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘त्यसैले दिउँसोको तुलनामा बिहान बेलुका प्रदुषण झनै खतरनाक हुन्छ ।’

बिहान र बेलुकाको हावा स्वास्थको लागि ज्यादै खतरा हुने भएकाले विभागले सचेत हुन सर्वसाधरणलाई आग्रह गरेको छ । बिहान पख केही दिनसम्म अत्यावश्यक काम बाहेक अरु कामकको लागी  पद यात्रा नगर्न समेत वातावरणविद्हरुले सल्लाह दिएका छन् । विभागका अनुसार शनिबारको तुलनामा आइतबार प्रदुषणमा सामान्य सुधार आएको भए पनि आइतबारको प्रदुषण पनि स्वास्थ्यका लागि अत्यन्त घातक छ ।

यदि सोमबारसम्म वातावरण प्रदुषणमा सुधार आएन भने विभागले सरकारलाई केही कदम चाल्न सुझाव दिने तयारी गरेको छ । प्रवक्ता जोशीका अनुसार सोमबारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्न तथा स्कूल, कलेज बन्द गर्न जस्ता सुझाव दिने तयारी विभागले गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।