Fursad Times बिहिबार, चैत्र १२, २०७७

भक्तपुर । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र भएको छ । जसको असर नेपालमा पनि देखिन थालेको छ जसको कारण केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो देखिएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार आमजनतालाई सतर्क रहन आग्रह समेत गरेको छ । त्यस्तै मन्त्रालयले संक्रमण दर उच्च हुँदै गएमा लकडाउनसम्म हुनसक्ने संकेत गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना संक्रमण बढदै गएको खण्डमा लकडाउन समेत हुन सक्ने भन्दै आमजनताहरुलाई सतर्क रहन समेत आग्रह गरेका छन् । ‘संक्रमण दर उच्च भए त्यसको चेन ब्रेन गर्न लकडाउन पनि गर्नुपर्ने अवस्था आउन सक्छ । अन्य अवस्थामा जनस्वास्थ्य मापदण्ड अपनाएर नियमित काम जारी राख्नुपर्छ, उनले भने । उनले होली पनि सामाजिक दूरी कायम गरी धेरै भिडभाड नगरी मनाउन आग्रह गरे ।

साथै कोरोना सक्रमण उच्छ हुँदै गएकाले फेरि लकडाउन हुन्छ कि भनेर साना व्यवसायी भने डराएका छन । झण्डै एक बर्षको लकडाउन पछि भर्खरै सबै सामान्य हुँदै गएको बेला फेरि लकडाउन होला कि भन्ने डरमा साना व्यवसायिहरु परेका छन ।